काठमाडौं । अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्वका लागी चुनाबी माहोल चर्किदै गएको छ । अध्यक्षमा हालसम्म २ जना व्यवसायी धुब्र थापा र करण कुमार चौधरीले आ–आफ्नो उम्मेदवारी घाषणा गरेका छन् । मंसिर २२ र २३ गते हुने साधारणसभाबाट नयाँ नेतृत्व चयन गर्ने नाडाले जनाएको छ ।
यसपाली अध्यक्षमा दाबेदारी प्रस्तुत गर्ने दुबै उम्मेदवार नाडामा लामो समयदेखि कार्यरत रहँदै आएका र दुबैजनाले नेतृत्वमा उच्च आकांक्षा देखाएका कारण नेतृत्व चयन निकै प्रतिस्पर्धि हुने देखिएको छ । जसका कारण अहिले पदाधिकारीमा आकांक्षी अन्य व्यवसायी समेत प्यानलमा कित्ताकाट भैरहेका छन् ।
चुनाव नजिकिएसँगै उनीहरु प्यानल नै बनाएर देश दौडाहामा निस्किन थालेका छन् । अध्यक्षका प्रत्यासी थापाले हालै आफू निकट व्यवसायीहरुको नाम उल्लेख गरी १२ सदस्यिय आधिकारिक प्यानल सार्वजनिक गरेका छन् । उनको प्यानलमा यसअघि नाडामा पदाधिकारी भैसकेका व्यवसायीको बर्चश्व रहेको देखिन्छ । त्यसैगरी केही नयाँ अनुहार समेत सामेल भएका छन् ।
थापाले आफ्नो प्यानलमा आकाश गोल्छा, दिपेन्द्र कुमार मिश्रा, मोहन बाबु खड्का, कपिल शिवाकोटी, निराकार श्रेष्ठ, नारायण प्रसाद पौडेल, प्रकाश सिग्देल, प्रदिपमान प्रधान, ऋद्धि कार्की, संजय खेतान र शुभासिस थपलियालाई सामेल गराएका छन् । उनको प्यानलमा गाडी बिक्रेतादेखि स्पेयर पार्ट्स र इक्विपमेन्ट बिक्रेताको समेत प्रतिनिधित्व भएको देखिन्छ ।
प्यानलको औपचारिक घोषणा गरेलगत्तै पूर्वको भ्रमणमा निस्किएका थापा अहिले आफू निकट व्यवसायीको समुह लिएर विर्तामोड, इटहरी र विराटनगरका व्यवसायीसँग अन्तरक्रिया गरिरहेका छन् । नाडामा आफू विजय भए सबै व्यवसायीलाई समेटर अघि बढ्ने उद्घोष गरेका उनले ६ बुँदे प्रतिबद्धता पत्र समेत सार्वजनिक गरिसकेका छन् ।
FACEBOOK COMMENTS