काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको घटनाप्रति नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
हिजो बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै नाडाले सञ्चार उद्यमी सिरोहियालाई राज्यद्वारा गरिएको धरपकडप्रति ध्यानाकर्षण भएको जनाएको हो । महासचिव सुरेन्द्र कुमार उप्रेतीद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत नाडाले भनेको छ, ‘यदि देशको कानुनविपरीत व्यक्तिगत मुद्दा भए नियम कानून अनुसार कारबाही गर्नुपर्छ भन्ने कुरामा नाडा स्पष्ट छ । तर, एउटा सम्मानित व्यावसायिक प्रतिष्ठानका सञ्चालकलाई उजुरीकै आधारमा धरपकड गरी हतोत्साहित गर्ने कार्यले व्यवसायीहरुको मनोबल गिर्नुका साथै व्यवसायीहरुलाई आतङ्कित बनाएको छ ।’
नाडाले व्यवसायीहरुको कुरा सुन्ने र भन्न दिने वातावरण बनाउन सरकारसँग आग्रह गर्दै अगाडि भनेको छ, ‘देश आर्थिक मन्दीले जर्जर भएको अवस्थामा यतिबेला व्यवसायीहरुको मनोवल बढाई लाखौँ रोजगारीलाई सुनिश्चित गर्नुका साथै त्यसलाई बचाउनु पर्ने अवस्था छ । तसर्थ व्यवसायी एवम् व्यावसायिक वातावरण नबिगार्ने तथा व्यवसायीको लगानीलाई सुनिश्चित गर्नुपर्ने समयमा कुनै तवरबाट हतोत्साहित नबनाउन हामी पुनः सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहान्छौँ ।’
तलका समाचार पनि पढ्नुहोस्–
FACEBOOK COMMENTS