काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालले जेन्जी आन्दोलनबाट क्षतविक्षत भएको नेपालको अटोमोबाइल क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन सरकारको सहयोग आवश्यक पर्ने बताएको छ ।
आज आइतबार विज्ञप्ति जारी नाडाले भदौ २३ र २४ गतेको आन्दोलनले देशको उद्योग, व्यापार र रोजगारीको महत्वपूर्ण आधारशिला बोकेको अटोमोबाइलका साथै देशमै गहिरो प्रभाव परेको भन्दै सो क्षेत्रलाई पूर्ववत: अवस्थामा फर्काउन सरकारको सहयोग खोजेको हो ।
‘सम्पूर्ण व्यावसायिक समुदायको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्न सरकारलाई अनुरोध गर्दै अटोमोबाइल क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन आवश्यक सहयोग र सहजीकरण गर्न पनि सरकारसमक्ष आह्वान गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ । साथै, नाडाले शान्तिपूर्ण सम्वाद र सहमतिको बाटोबाट हरेक जटिल र कठीन समस्याहरूको समाधान खोज्न सकिन्छ भन्ने गहिरो विश्वास समेत व्यक्त गरेको छ ।
‘नेपालको अटोमोबाइल क्षेत्र देशको उद्योग, व्यापार र रोजगारीको महत्वपूर्ण आधारशिला हो । तर, हालका घटनाक्रमले यस क्षेत्रमा प्रत्यक्ष असर पारेका छन् । कर्मचारी, ग्राहक र सम्पूर्ण संरचनाको सुरक्षाप्रति समेत चिन्ता बढेको छ । देशको वर्तमान अवस्थाले उपभोक्ताको विश्वासमा नकारात्मक असर पुर्याएको छ भने दीर्घकालीन रूपमा लगानी र रोजगारीमा सोत चुनौती थपिएको छ,’ विज्ञप्तिमार्फत नाडाले भनेको छ ।
हेर्नुहोस् विज्ञप्ति–
FACEBOOK COMMENTS