काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा)ले महासंघमा जाने घोषणा गरेको छ । नाडाले महासंघमा जान नयाँ नेतृत्व चयनका लागि निर्वाचनको घोषणा गरेको छ ।
नाडाको नयाँ नेतृत्व चयनका लागि यही २५ पुसमा निर्वाचन हुने भएको छ । बुधबार ललितपुरमा बसेको नाडाको ४९औँ वार्षिक साधारणसभाले उक्त घोषणा गरेको हो ।
साधारणसभासभाकै क्रममा नाडाको निर्वाचन हुनुपर्ने भए पनि अन्तिम समयमा जिल्ला प्रशासन कार्यालयले नाडालाई निर्वाचनमा जान परिपत्र गरेसँगै निर्वाचनमा होमिएको हो ।
नाडाको वर्तमान कार्यसमितिले नाडालाई महासंघमा लैजाने तयारी गरेको थियो । तर, निर्वाचनअघि महासंघमा लैजान नसक्ने र यो विधानविपरीत हुने भन्दै रोक्न र निर्वाचन मिति घोषणा गर्न भनेसँगै नाडा सोही निर्देशनअनुसार अघि बढेको हो । जिल्ला प्रशासनको निर्देशनअनुसार २५ पुसका लागि निर्वाचन मिति तय गरिएको अध्यक्ष करण चौधरीले जानकारी दिए ।
FACEBOOK COMMENTS