काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको कामु सीईओमा शिवप्रसाद आचार्य नियुक्त भएका छन् ।
कम्पनी सञ्चालक समितिको साउन २१ गते बसेको बैठकले सोही दिनदेखि अर्को व्यवस्था नभएसम्मका लािग वरिष्ठ डीसीईओ आचार्यलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको कम्पनी सचिव बाबुराम सुवेदीले जनाएका छन् ।
कम्पनीका सीईओ दीर्घबहादुर अर्यालले साउन १८ गते दिइको राजीनामा स्वीकृत गर्दै कामु सीईओको जिम्मेवारी आचार्यलाई दिने निर्णय भएको हो ।
उक्त संस्थाको केन्द्रीय कार्यालय धार्के धादिङमा रहेको छ ।
