काठमाडौं । दुइवटा लघुवित्त वित्तिय संस्थाको शेयर कारोबार फुकुवा भएको छ ।
नेपाल स्टक एक्सचेन्ज नेप्सेको आज मङ्सिर २० गतेको निर्णय अनुसार नाडेप लघुवित्त वित्तीय संस्था र नेशनल फाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार फुकुवा भएको हो ।
यस सँगै अब बुधबारदेखि यी कम्पनीको शेयर कारोबार गर्न सकिने भएको छ । नेप्सेले आधारभूत शेयरधनी बाहेकका शेयरधनीको शेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो ।
नेपाल धितोपत्र बोर्डले जारी गरेको ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने/रगाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ ‘ बमोजिम दुवै कम्पनीको शेयर कारोबार फुकुवा भएको हो ।
यस निर्देशिका अनुसार मर्जर तथा प्राप्तिमा जाने कम्पनीको शेयर कारोबार अधिकतम १५ दिन मात्र रोक्का हुने ब्यबस्था गरिएको छ ।
सोहि ब्यबस्था अनुसार नै मर्जर प्रक्रियामा रहेका दर्जन बढी कम्पनीको कारोबार फुकुवा भईसकेको छ ।
FACEBOOK COMMENTS