काठमाडौँ, भदौ १३। पहिरोका कारण काठमाण्डौसँगको मुख्य नाका नागढुङ्गा ठप्प भएको छ ।
नागढुङ्गा नजिकै चिसापानीमा पहिरो जाँदा बिहान साढे ९ बजेदेखि यो नाका बन्द भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यो सडक खण्ड दुईतर्फी नै बन्द छ ।
अहिले पहिरो हटाउन दुई वटा डोजर प्रयोगमा ल्याइएको छ । नागढुङ्गा नाका भएर हरेक दिन हजारौँ यात्रु ओहोरदोहोर गर्दछन् ।
लगातारको वर्षासँगै देशका विभिन्न सडकमा पहिरो गएको छ । यसले गर्दा यात्रुलाई सास्ती भएको छ । प्रहरीले सडकको अवस्थाबारे जानकारी राखेर मात्रै यात्रा गर्न अनुरोध गरेको छ ।
FACEBOOK COMMENTS