काठमाडौं । नेपालको अटोमोबाइल व्यवसायीको हक, हित र अधिकारको रक्षाका लागि नयाँ सङ्गठन नेपाल अटोमोबाइल आयातकर्ता तथा उत्पादक संघ (नाइमा)को औपचारिक घोषणा गरिएको छ ।
युनाइटेड ट्रेड सिन्डिकेट प्रालिकी रितु सिंह वैद्यको अध्यक्षतामा केही समयअघि गठन गरिएको सङ्गठनलाई आज काठमाडौंको होटेल मेरियटमा विशेष कार्यक्रम आयोजना गरी औपचारिक घोषणा गरिएको हो ।
नयाँ संघको सदस्यहरूमा सुहृदराज घिमिरे (कन्टिनेन्टल ट्रेडिङ), शेखर गोल्छा (एचएच एण्ड को प्रालि), क्याबिनेट श्रेष्ठ (अग्नि इन्क प्रालि), सौरभ ज्योति (स्याकर ट्रेडिङ), सन्दीपकुमार शारडा (एसपीजी अटोमोबाइल्स प्रालि), निराकार श्रेष्ठ (लक्ष्मी मोटर कर्पोरेशन प्रालि), यमुना श्रेष्ठ (साइमेक्स इन्क प्रालि), निकुञ्ज अग्रवाल (प्यारामाउन्ट मोटर्स प्रालि), हेमन्त गोल्छा (सांग्रिला मोटर्स प्रालि) र उदयन काब्रा (ओम्नी मोटर्स प्रालि) छन् ।
साउनमा नेपालकै ठूलो ‘मोबिलिटी एक्जिविसन’ गरिने
‘गतिशीलतामार्फत विकासलाई सशक्त बनाउने’ दृष्टिकोणसहित नाइमाले नेपालको सबैभन्दा ठूलो मोबिलिटी शोको घोषणा समेत गरेको छ । अटोशो कमिटीका सदस्य गौरव शारडाले एक्स्पोको लोगो र मिति सार्वजनिक गरे । उनका अनुसार आगामी साउन २१ गतेदेखि २५ गतेसम्म सो एक्जिविसन आयोजना हुने छ ।
काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिने उक्त शोका लागि रजिष्ट्रेशन समेत खुला गरिएको जानकारी उनले दिएका छन् । नेपाल मोबिलिटी एक्स्पो नेपालमा मोबिलिटी समाधानहरूको प्रर्दशनी र बदलिँदो मोबिलिटी संस्कृतिको महत्वपूर्ण मञ्च बन्ने विश्वास गरिएको छ ।
यो पनि पढ्नुहोस्–
‘नाडा र नाइमा अन्तरनिर्भर संस्था हुन्, कम्पनीहरू दुईवटै संघको सदस्य रहन सक्छन्’
FACEBOOK COMMENTS