काठमाडौं । नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन (नाइमा)ले पहिलो पटक आयोजना गर्न लागेको ‘नाइमा मोबिलिटी एक्स्पो, २०२५’को सम्पूर्ण तयारी पूरा भएको छ ।
नाइमाले आज काठमाडौंको सोल्टी होटेलमा पत्रकार सम्मेलन गरी यही साउन २१ गतेदेखि २५ गते सम्म सञ्चालन हुने एक्स्पोको सम्पूर्ण तयारी सम्पन्न भएको जानकारी दिएको हो ।
एक्स्पोमा ५० वटा भन्दा बढी ब्राण्डले सहभागिता जनाउने र ३५ वटा नयाँ भेहिकलहरू सार्वजनिक गर्ने तयारी रहेको नाइमाकी अध्यक्ष रितु सिंह बैद्यले जानकारी दिइन् । उनका अनुसार एक्स्पोमा दुई र चार पांग्रे १५/१५ वटा र पाँचवटा कमर्सियल भेहिकलका नयाँ मोडलहरू सार्वजनिक गर्न लागिएको हो ।
यस्तै, उनले यो मोबिलिटी एक्स्पो नेपालकै ठूलो र महत्वपूर्ण बन्ने विश्वास व्यक्त गर्दै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूका् सहभागितामा प्यानल डिस्कसन गरिने जानकारी दिइन् । ‘मोबिलिटी हिँजो, आज र भोलि’ नाराका साथ आयोजना हुने एक्स्पोमा टिकटबाट सङ्कलित रकमको पाँच प्रतिशत रकम शिक्षा मन्त्रालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिक परिषद्को सहकार्यमा विद्यार्थीहरूलाई मोबिलिटी क्षेत्रका विषयमा छात्रवृत्ति तथा फेलोशीप प्रदान गरिने पनि उनले बताएकी छिन् ।
पत्रकार सम्मेलनमा अटो एक्स्पो समिति प्रमुख शिरीष कुमार मुरारकाले प्रदर्शनीस्थललाई जल निकासी र अपाङ्गमैत्री पूर्वाधारसहित निर्माण गरिएको जानकारी दिए । उनले उनले नयाँ प्रविधि र मोडलहरू सार्वजनिक हुने, विद्युतीय सवारी साधनदेखि नवीनतम मोबिलिटी समाधानहरू प्रदर्शनीमा राखिने जानकारी दिएका छन् ।
उनका अनुसार एक्स्पोलाई एभरेष्ट बैंक र नेशनल इन्श्योरेन्सले प्रमुख प्रायोजन गरेको छ । यस्तै, टिकेटिङ्ग पार्टनरको रुपमा खल्ती बाई आईएमई, वेभरेज पार्टनरमा माउण्टेन ड्यू, वृविङ्ग पार्टनरमा हिमालयन जाभा, राइड पार्टनरमा पठाओ, सर्वेलेन्स पार्टनरमा एचआईके भिजन, कनेक्टिभिटी पार्टनरमा वरेल्डलिंक, हस्पिटालिटी पार्टनरमा सोल्टी होटेल, मेडिकल पार्टनरमा फ्रन्टलाइन हस्पिटल, टेलिकम पार्टनरमा एनसेल र म्यानेज्मेन्ट पार्टनरमा मिडिया स्पेस सोलुसन रहेका छन् ।
पत्रकार सम्मेलनमा मुख्य प्रायोजक एभरेष्ट बैंकका सहायक महाप्रबन्धक विष्णु प्रसाद ज्ञवाली र नेशनल इन्स्योरेन्स कम्पनीका प्रमूख कार्यकारी अधिकृत नभनित गुप्ताले एक्स्पोसँगको सहकार्यप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा पनि प्रविधिमैत्री र दिगो यातायात प्रणालीको विकासमा सँगै काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यो पनि पढ्नुहोस्–
FACEBOOK COMMENTS