काठमाडौं । याडिआको गेम चेञ्जिङ भीईएलएएक्स सिरिज नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक गरिने भएको छ ।
नेपालका लागि याडिआको आधिकारिक बिक्रेता कुजु नेपाल प्रालिले नेपाल भित्र्याएको तीनवटा अत्याधुनिक विद्युतीय स्कुटर मोबिलिटी एक्स्पोमा सार्वजनिक गर्न लागिएको हो ।
कम्पनीका अनुसार भीईएलएएक्स फास्ट चार्जिङ, भीईएलएएक्स यू अल्ट्रा पर्फमेन्स र भीईएलएएक्स एच हाइ पर्फमेन्स स्कुटर नेपालमा पहिलोपटक सार्वजनिक गर्न लागिएको हो । यी स्कुटरहरूले प्रयोगकर्ताहरूमा नयाँ युगको सहरी मोबिलिटी अनुभव दिलाउने कम्पनीको दाबी छ ।
भीईएलएएक्स फास्ट चार्जिङमा २० मिनेटमै फुल चार्ज हुने, भीईएलएएक्स यू अल्ट्रा पर्फमेन्समा अल्टिमेट राइड र भीईएलएएक्स एच हाइ पर्फमेन्समा उच्च प्रदर्शनका साथ दैनिक यात्रामा सारथी बन्ने विशेषता रहेको कम्पनीको भनाइ छ ।
उत्पादन तथा विशेषताहरू, मूल्य र उपलब्धतासम्बन्धी सम्पूर्ण जानकारी सार्वजनिकीकरणपछि नाइमा मोबिलिटी एक्स्पोमा दिइने कम्पनीले बताएको छ ।
FACEBOOK COMMENTS