काठमाडौं । ‘नाइमा मोबिलिटी एक्स्पो, २०२५’ आजदेखि सुरू भएको छ ।
नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन (नाइमा)ले पहिलो पटक आयोजना गरेको एक्स्पो उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उद्घाटन गरे ।
आगामी २५ गतेसम्म सञ्चालन हुने एक्स्पो उद्घाटनसँगै विभिन्न ब्राण्डका ३५ वटा नयाँ प्रडक्टहरू अनावरण गरिएको छ । एक्स्पोमा दुई र चार पांग्रे १५/१५ वटा र पाँचवटा कमर्सियल भेहिकलका नयाँ मोडलहरू सार्वजनिक गरिएको नाइमाकी अध्यक्ष रितु सिंह बैद्यले जानकारी दिइन् ।
यस्तै, उनले यो मोबिलिटी एक्स्पो नेपालकै ठूलो र महत्वपूर्ण बन्ने विश्वास व्यक्त गर्दै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूका् सहभागितामा प्यानल डिस्कसन गरिने जानकारी दिइन् । ‘मोबिलिटी हिँजो, आज र भोलि’ नाराका साथ आयोजना हुने एक्स्पोमा टिकटबाट सङ्कलित रकमको पाँच प्रतिशत रकम शिक्षा मन्त्रालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सहकार्यमा विद्यार्थीहरूलाई मोबिलिटी क्षेत्रका विषयमा छात्रवृत्ति तथा फेलोशीप प्रदान गरिने छ ।
एक्स्पोलाई एभरेष्ट बैंक र नेशनल इन्स्योरेन्सले प्रमुख प्रायोजन गरेको छ । यस्तै, टिकेटिङ्ग पार्टनरको रुपमा खल्ती बाई आईएमई, वेभरेज पार्टनरमा माउण्टेन ड्यू, वृविङ्ग पार्टनरमा हिमालयन जाभा, राइड पार्टनरमा पठाओ, सर्वेलेन्स पार्टनरमा एचआईके भिजन, कनेक्टिभिटी पार्टनरमा वरेल्डलिंक, हस्पिटालिटी पार्टनरमा सोल्टी होटेल, मेडिकल पार्टनरमा फ्रन्टलाइन हस्पिटल, टेलिकम पार्टनरमा एनसेल र म्यानेज्मेन्ट पार्टनरमा मिडिया स्पेस सोलुसन रहेका छन् ।
FACEBOOK COMMENTS