काठमाडौं । टीभीएस नेपालले, नाइमा २०२५ अटो शोको तेस्रो दिन आफ्नो एनटर्क डिस्क एफआई स्कूटरको नयाँ कलर भेरियन्ट सार्वजनिक गरेको छ ।
भृकुटीमण्डपमा जारी नाइमा मोबिलिटी एक्स्पोमा नयाँ कलर भेरियन्ट सार्वजनिक गरेको हो ।
एक्स्पोमा ५० भन्दा बढी स्थानीय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूले गाडी, इलेक्ट्रिक सवारी (ईभी), हाइब्रिड र वातावरणमैत्री सवारीहरू प्रदर्शन भइरहेका छन् ।
एनटर्क डिस्क एफआई स्कूटर स्टल नम्बर एल३ए, हल बी मा तर्कोइस ब्लु र नार्दो ग्रेका दुई आकर्षकरङ्गहरु सार्वजनिक गरेको छ । आधुनिक यात्रुहरूलाई ध्यानमा राखी डिजाइन गरिएको एनटॉर्क डिस्क एफआईमा स्मार्ट प्रविधि र पफोर्मेंसको संयोजन रहेको कम्पनीको दाबी छ ।
परिष्कृत १२४.८ सिसीको ३–भल्भ फ्युल–इन्जेक्टेड इन्जिनले यो स्कूटरलाई सहज र शक्तिशाली बनाउँछ ।
जसले करिब ४५ किलोमिटर प्रतिलिटरको माइलेज दिने छ । रेसिङ शैलीबाट प्रेरित यसको आकर्षक डिजाइन र टि–आकारको एलईडी टेल ल्याम्पले नेपाली सडकहरूमा सबैको ध्यान आकर्षण निश्चित छ ।
नेपाली बजारको लागि दुई लाख ८२ हजार ९०० रुपैयाँ मूल्य निर्धारण गरिएको नयाँ एनटॉर्क डिस्क एफआई भ्ेरियन्टहरुमा यस सेगमेन्टमै अगाडि रहने विशेषताहरू समावेश गरिएका छन् ।
FACEBOOK COMMENTS