काठमाडौं । मोर्बिडेली नेपालले अटोमोबाइल प्रदर्शनी ‘नेपाल नाइमा मोबिलिटी एक्स्पो २०२५’ मा आफ्ना दुई नयाँ साहसिक मोटरसाइकलहरू टी३५२एक्स र टी२५२एक्स सार्वजनिक गरेको छ ।
इटालियन मोटरसाइकल टी३५२एक्स र टी२५२एक्स सार्वजनिक गर्दै मोर्बिडेली नेपालले नेपाली बजारमा ठूलो प्रवेश भएको घोषणासमेत गरेको छ ।
इटालियन डिजाइन र अत्याधुनिक प्रविधिमा आधारित यी मोटरसाइकलहरू नेपालका भू–भाग र सडक अवस्थालाई ध्यानमा राखेर निर्माण गरिएका छन्।मोर्बिडेली नेपालका सेल्स तथा मार्केटिङ म्यानेजर नवराज घिमिरेले कार्यक्रममा भने, ‘टी३५२एक्स र टी२५२एक्समार्फत हामी नेपाली राइडरहरूलाई अन्तर्राष्ट्रिय स्तरको साहसिक अनुभव दिने लक्ष्यसहित अघिबढेका छौं । यी मोडेलहरूले नेपाली भूगोलमा रोमाञ्चक र सुरक्षित यात्रा सुनिश्चित गर्नेछन् ।’
थप विवरणका लागि तल पढ्नुहोस्–T352xT252x
FACEBOOK COMMENTS