बनेपा । काभ्रेपलाञ्चोकको नाला र भक्तपुरको च्यामासिङ सडकखण्डमा रहेको पुण्यमाता खोलामा भाँचिएको पुलमा ह्युम पाइप राखेर सडक खुलाइएको छ ।
शनिबार बनेपा नगरपालिका ४ र १ को सीमास्थलमा रहेको पुल गए राति भाँचिएपछि उक्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको थियो ।
सडक विभागले सो पुलमा ह्युम पाइप राखेर सडक सुचारू गरेको हो ।
यो सडक काठमाडौं आउने र जाने वैकल्पिक मार्गका रुपमा प्रयोग हुँदै आएको थियो । २०३७ मा निर्माण भएको सो पुल ४५ बर्षपछि भाँचिएको थियो ।
FACEBOOK COMMENTS