काठमाडौं । ऐतिहासिक चलचित्र ‘नालापानी’ को नयाँ ट्रेलर सार्वजनिक गरिएको छ ।
यहि साउन २५ गतेदेखि देशभर एकै साथ प्रदर्शन हुने तयारीमा रहेको यो चलचित्र यसअघि साउन १८ गते प्रदर्शन हुने भनिएको थियो । तर, पछि प्रदर्शन मिति सारेर साउन २५ मा पुर्याइएको हो ।
रिमेश अधिकारी फिल्म प्रोडक्सन, वीर गोरखाली फिल्म, गङ्गा नारायण फिल्म र बिजीबी इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्र सोमबार बुढासुब्बा डिजिटलमार्फत ट्रेलर सार्बजनिक गरिएको हो । यो चलचित्रको रिमेश अधिकारी लेखक, निर्माता तथा निर्देशक हुन् ।
चलचित्रको सह निर्माताान गणेश कार्की, कार्यकारी निर्मातामा घनेन्द्र थपलिया, एसोसिएट निर्मातामा सपन थापा र निर्माता मनोज शाक्य हुनुहुन्छ । चलचित्रमा अर्जुन जङ्ग शाही, सन्तोष पन्त, देशभक्त खनाल, दयाराम दाहाल, पुजना प्रधान, मनोज शाक्य, विशाल पहारी, सुवास गजुरेल, अच्युत गजुरेल, हिक्मत थपलिया, जनक बर्तौला, सरिता राजोपाध्याय, गीत विष्ट, साहिना भट्टराई, गीता अधिकारी, सुवर्ण थापालगायतका कलाकारको अभिनय छ ।
रामशरण उप्रेतीको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व, कविराज गहतराजको नृत्य रहेको चलचित्रमा भिएफएक्स अच्युत गजुरेल र सम्पादन विपिन मल्लको छ । लेखन रिमेश अधिकारीरकृष्ण आचार्य र निर्मातारर्देशक रिमेश अधिकारी छन् ।

‘नालापानी चलचित्र सम्पूर्ण नेपालीको विरताको गाथा र गर्व गर्ने ईतिहास बोकेको चलचित्र हो । चलचित्रले नेपाली विरहरुको बहादुरिता बोल्ने छ र देश प्रेम बढाउने पुर्खाको योगदान र बलिदान बुझाउने छ । लामो समय र ठूलो लगानी खर्चिएको यो चलचित्र बनाउनुको एउटै उद्देश्य ईतिहास दस्तावेजीकरण गरेर आउँदा भावी पुस्तालाई ईतिहास जान्न बुझ्न सजिलो बनाइदिने छ’, निर्देशक अधिकारीले भनेका छन् ।
