काठमाडाैं । एनएमबि बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले सेयरधनीको नाममा रहेको १ लाख २२ हजार १२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिन भित्र बैंकको सचिवको कार्यालय, बबरमहल, काठमाडौंमा आवेदन दिनु पर्नेछ । तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट निवेदन नपरेको खण्डमा उक्त सेयर अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिनेछ।
FACEBOOK COMMENTS