काठमाडौं । नेपालका लागि डोङफेङ नामी इलेक्ट्रिक भेहिकल्सको आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले इलेक्ट्रिक एसयूभी नामी भिगो इटहरीमा अनावरण गरेको छ ।
हिजो आइतबार एक विशेष कार्यक्रम आयोजना गरी नेपाल उद्योग वाणिज्य संघ, इटहरीका अध्यक्ष जीवन पराजुली, सिर्जना मोटर्सका प्रबन्ध निर्देशक दीपेन्द्र चौधरी, पूर्वेली यातायातका अध्यक्ष सरोज श्रेष्ठ, एमएडब्ल्यू वृद्धि मोटर्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रशन्न पन्त, सेल्स प्रमुख राजेन्द्र सिग्देल, डिलर प्रमुख गोविन्द भुसाललगायतले संयुक्तरूपमा उक्त कार अनावरण गरेका हुन् ।
इलेक्ट्रिक एसयूभी नामी भिगो नेपालको सबैभन्दा उन्नत र स्मार्ट भएकाले इलेक्ट्रिक एसयूभीको नयाँ मानक भएको बिक्रेताको दाबी छ । डोङफेङको अत्याधुनिक ‘क्वान्टम आर्किटेक्चर प्लाटफर्म’ मा निर्मित नामी भिगोले बलियो डिजाइन, स्मार्ट फिचर र उत्कृष्ट प्रदर्शनका साथ नेपालका मिड–साइज इलेक्ट्रिक एसयूभीको स्तरलाई नयाँ उचाइमा पुर्याएको एमएडब्ल्यू वृद्धिका सीईओ प्रशन्न पन्तको भनाइ छ । यो कारको म्याजिक क्युब डिजाइनले आधुनिक सौन्दर्य र एरोडाइनामिक स्ट्रक्चरलाई संयोजन गरी नामी ब्रान्डको नयाँ डिजाइन पहिचान विकास गरेको उनले बताए ।
‘नामी ०१ का एक हजार भन्दा बढी सन्तुष्ट ग्राहकहरू भएपछि भिगोले हाम्रो दृष्टिकोण थप फराकिलो बनाएको छ, पावर, लक्जरी र बुद्धिमत्ता, आधुनिक नेपाली जीवनशैलीका लागि महत्वपूर्ण छ,’ सीईओ पन्तले भने, ‘बोल्ड एण्ड बिल्ट फर यू एसयुभी नाम डिजाइन थिम बोकेको नामी भिगो नेपाली इलेक्ट्रिक मोबिलिटीको भविष्यको प्रतीक हो जहाँ स्टाइल, सुरक्षा र प्रविधि एकसाथ मिलेर अधिक स्मार्ट, अधिक आत्मविश्वासी ड्राइभको अनुभव दिन्छन् ।’
नामी भिगोमा रहेको ९९ किलोवाट क्षमताको मोटरले सहरदेखि राजमार्गसम्म शक्तिशाली एक्सेलेरेशन र स्मूथ ड्राइभ प्रदान गर्ने बताइएको छ । यसमा दुईवटा ब्याट्री विकल्प उपलब्ध छन् । 44.94 kWh (WLTP रेन्ज 300 km) र 51.87 kWh (WLTP रेन्ज 350 km)। यसले 3C Ultra-Fast DC Charging (167 kW) सपोर्ट गर्दछ जसले ब्याट्रीलाई ३०% देखि ८०% सम्म मात्र १८ मिनेटमा चार्ज गर्न सकिन्छ जसले गर्दा केही मिनेटमै ११५ किमीसम्मको रेन्ज थपिदिन्छ ।

सेग्मेन्ट–फर्स्ट फिचरहरू

• Heaven & Earth Tailgate – दुई भागमा खुल्ने टेलगेट, १५० किलोसम्म भार धान्न सक्षम
• बाहिरी मनोरञ्जनका लागि Exterior Music Speaker
• संगीतको ताल र मुडसँगै चल्ने Music-Sync Ambient Lighting
• व्यक्तिगत आरामका लागि मेमोरी र वेलकम सीटहरू
• 3C फास्ट चार्जिंग सिस्टम – झन्झटरहित फास्ट चार्जिङ

नामी भिगो ई–टू को मूल्य ३८ लाख ९९ हजार र ई–टू प्लसको ४१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । हाल विशेष अफर सञ्चालन गरिएकाले ऊक्त कारहरू त्रमशः ३७ लाख ९९ हजार र ४० लाख ९९ हजार रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ । उनका अनुसार इटहरी क्षेत्रका लागि सिर्जना मोटर्स अधिकृत नामी डिलर रहेको छ ।

FACEBOOK COMMENTS