काठमाडौं । एमएडब्लू वृद्धि मोटोकर्पले नामी इलेक्ट्रिक गाडीका विभिन्न भेरियन्टहरूको इन्ट्रोडक्टरी मूल्य समायोजन गरेको छ।
कम्पनीका अनुसार नामी ई-१ को मूल्य ३० लाख २४ हजार बनाइएको छ । यस भेरियन्टमा २५ हजार रुपैयाँले मूल्य बढाइएको हो । यसअघि ई-१ भेरियन्ट २९ लाख ९९ हजारमा बिक्री हुँदै आएको थियो ।
कम्पनीले ई-२ भेरियन्टको नयाँ मूल्य ३२ लाख ४९ हजार बनाएको छ । यसमा ५० हजारले मूल्य बढाइएको हो । यसअघि ३१ लाख ९९ हजारमा ई-२ भेरियन्ट किन्न पाइन्थ्यो ।
नामीको टप भेरियन्ट ई-३ को मूल्य १ लाख रुपैयाँले बढाइएको छ । कम्पनीले यसको मूल्य ३४ लाख ९९ हजारबाट बढाएर ३५ लाख ९९ हजार रुपैयाँ बनाएको हो । साथै, ड्यूल कर भेरियन्टमा अतिरिक्त ५० हजार रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ ।
सन् १९६४ मा स्थापना भएको एमएडब्लू ग्रुप, अटोमोबाइल, ईन्जिनियरिङ र लगानी सहित विभिन्न क्षेत्रहरूमा बलियो उपस्थिति भएको एक विविधतायुक्त ग्रुप हो। सन् १९७२ मा स्थापना भएको वृद्धि ग्रुप सन् १८५७ देखिकै पुरानो इतिहास भएको एक अग्रणी नेपाली व्यापार समूह हो।

यी दुईको साझेदारी मार्फत् स्थापित एमएडब्लू-वृद्धिले ग्राहकहरूलाई असाधारण मूल्य प्रदान गर्न आफ्ना संयुक्त विशेषज्ञता र स्रोतहरूको प्रयोग गर्दछ। उत्कृष्टता, नवप्रवर्तन र ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धताले उनीहरूलाई नेपालको अटोमोटिभ उद्योगमा अग्रणी शक्तिको रूपमा स्थान दिएको छ।
