काठमाडौं । नेपाल हेड–टु–हेड च्यालेन्जमा इन्डोनेसियालाई हराउँदै विश्व सुन्दरी प्रतियोगिताको अन्तिम ३० मा प्रवेश गरेको छ ।
नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी मिस नेपाल श्रेष्ठलाई ती विधामा भोटिङ भैरहेको छ । डिसेम्बर १६ मा मिस वर्ल्डको ग्रान्ड फिनाली आयोजना हुँदैछ ।
नेपालसहित पाराग्वे, क्यामरुन र फिलिपिन्स टप थर्टीभित्र प्रवेश गरेका हुन् । उक्त स्पर्धामा मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठको जवाफको निकै प्रशंसा भएको थियो ।
अहिले अमेरिकी राज्य पुएर्तो रिकोमा भैरहेको विश्व सुन्दरी प्रतियोगिताबाट नेपालले ब्यूटी विथ पर्पस र मल्टिमिडिया विधामा पनि जित्ने अपेक्षा गरिएको छ ।
FACEBOOK COMMENTS