काठमाडौं । बलिउड अभिनेता नाना पाटेकरले आफ्नो मृत्युअघि साथीलाई म्यासेज गरेको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् ।
मृत्यु हुनुभन्दा अगाडि उनले एक साथीलाई म्यासेज गरेर आफूलाई सन्चो नभएको बताएका थिए ।
मणिपाल अस्पतालका चिकित्सहरूले उनको अन्तिम क्षणहरूबारे विस्तृत जानकारी दिएका छन् । “हाम्रो एम्बुलेन्स बिहान ४:२० बजे नाना पाटेकरको घरमा पुग्यो । उनको घर हाम्रो अस्पतालनजिकै छ । हामी त्यहाँ पुग्दा उनी बेहोस अवस्थामा थिए,” मणिपाल अस्पतालका अन्कोलोजी विभागका प्रमुख डा. शेखर सालुंखेले भने, “त्यसैले हाम्रो टोलीले तुरुन्तै सीपीआर सुरु गर्यो ।”
उनलाई बिहान ४:३० बजे एम्बुलेन्सबाट अस्पताल लगेर सीपीआरलाई जारी राखिएको सालुंखेले बताएका छन् । “यद्यपि, बिहान ५:२० बजे उनलाई मृत घोषित गरियो,” उनले भने, “त्यतिबेला उहाँसँग परिवारका कुनै सदस्य थिएनन्, तर उनका सहयोगी र एक साथी उपस्थित थिए ।”
अस्पताल लैजानुअघि नै उनको मृत्यु भएको थियो, त्यसैले मुद्दालाई मेडिकल–कानुनी मुद्दाको रूपमा दर्ता गरिएको छ । उनको शव गोवा मेडिकल कलेज पठाइएको छ, जहाँ पोस्टमार्टम हुनेछ । र, परिवारलाई हस्तान्तरण गरिनेछ ।”

सन्देश पठाउने साथी बिहान ४ बजे पाटेकरको घरमा पुगेका थिए । त्यतिबेला नाना पाटेकर पसिनाले भिजेर भुइँमा लडिरहेका थिए । त्यसपछि उनका सहयोगी अस्पताल गएर एम्बुलेन्स ल्याएका थिए ।

डा. सालुन्केले भने, “एक घण्टाभन्दा बढी समयसम्म सीपीआर दिँदा पनि हामीले उहाँलाई बचाउन सकेनौँ । अस्पताल ल्याउँदासम्म उहाँको मृत्यु भइसकेको थियो,” सालुंखेले भने । बीबीसीको सहयोगमा