काठमाडौं । चौधरी ग्रुप अन्तर्गत रहेको सीजी एग्रो (CG Agro) ले नेपालको कृषि बजारका लागि निकै उपयुक्त मल नानो युरिया (Nano Urea) को बिक्री वितरण सुरु गर्न लागेको छ । आइताबार एक समारोहबीच मुख्य अथिति शुरेस प्रभु, पूर्ब केन्द्रीय रेलवे मन्त्री भारत, तथा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले संयुक्त रुपमा नानो युरिया नेपाली बजारमा भित्रिएको घाेषणा गरे ।
CG-Agro विगत धेरै वर्ष देखि नेपाली कृषि छेत्रमा काम गर्दै आएको छ । यसै सन्दर्भमा हाल नेपालमा कृषि उत्पादन बढाउन, माटोको गुणस्तर सुधार्न, वातावरण प्रदुषण रोक्न, किसानको आम्दानी बढाउन, कृषिमा लागत घटाउन भारतको Indian Farmer Fertilizer Cooperative Limited Unit, India ले उत्पादन गरेको CG-IFFCO नामको नानो युरिया मल किसानको सहज पहुचको लागी नेपालमा भित्रीएको छ ।
CG-IFFCO नानो युरिया तरल अन्नबालीु, दाल, तरकारी,चिया,उखु फलफुल, औषधि बालीका साथै अन्य सबै बाली तथा बोटबिरुवामा छर्कन सकिन्छ ।
नानो प्रविधी नानो स्तरमा परमाणु र अणुहरु हेरफेर गरेर संरचना, उपकरण र प्रणालीहरु डिजाइन, उत्पादन गर्न समर्पित विज्ञान हो । नानो प्रविधीको खाद्य र कृषि क्षेत्रमा महत्वपुर्ण भुमिका रहेको छ । यस प्रविधीको प्रयोग रसयानिक मलको उत्पादनमा समेत गरिएको छ । नानो प्रविधीबाट निर्मित मलले परमपरागत रसयानिक मलको मात्रा घटाउदछ । यसले रिलिज प्रोफाइलहरु सुधार गर्दै अवशोषन बढाउदछ जसको दिगो रुपमा आर्थिक र वातावरणीय फाइदाहरु रहेको छ ।एक नानो कण वा अल्ट्राफाइन पार्टिकल सामान्यत कुनै वस्तुको एक कणको रुपमा बुझिन्छ जुन व्यासमा १ देखी १०० नानो मिटरको विचमा हुन्छ ।
नानो प्रविधिमा आधारित नानो युरिया सुक्ष्म तरल मल हो । यसले विरुवाको उचित बृद्धि र विकासका लागी आवश्यक पर्ने प्रमुख पोषक तत्व नाइट्रोजन प्रदान गर्दछ । परम्परागत युरियाको तुलनामा नानो युरियालाई पातबाट छर्कने गरिन्छ ।
देशमा उत्पादन नभएको र आयातमा निर्भर हुनुपरेको अवस्थामा हरेक वर्ष रसायनिक मलको अभाव रहदै आएको छ । सर्वसुलभ, गुणस्तरिय मल प्राप्त गर्नुे आफैमा निकै चुनौतीपुर्ण रहेको देखिन्छ । यस चुनौती तथा समस्याको न्युनिकरण गर्ने तथा किसानको आय बढाउन दीर्घकालीण योजनाको रुपमा नानो युरिया आएको छ ।
परमपरागत दानादार युरियालाई माटोमा छर्ने गरिन्छ भने तरल नानौ युरिया पानिमा मिसाई बिरुवाको पातमा छर्कने गरिन्छ । झण्डै २–४ मि. लि. नानो युरियालाई १ लिटर पानिमा मिसाएर छर्न पर्दछ । विरुवाको वृद्धि हुने महत्वपुर्ण चरणहरुमा छर्किएपछि विरुवाका कोषहरु द्धारा चाडै सोस्ने गर्दछ । यो पातको Stomata द्वारा प्रवेश गर्दछ । त्यस पश्चात Phloem ले खाली तथा आवश्यक ठाउमा युरिया स्थानान्तरण गर्ने गर्दछ। नानो युरिया साना कोषबाट अवशोषित हुने हुदा दानादार युरिया भन्दा निकै प्रभावकारी मानिन्छ । परम्परागत रसायनिक युरिया ७०% भन्दा बढि विभिन्न माध्यमवाट नष्ट हुने गर्दछ । यसको लामो समय प्रयोग कारण माटोमा अम्लिय पना पनि हुन पुग्दछ ।
नानो युरिया तरल परम्परागत रसायनिक युरियाको तुलनामा माग आधाले घटाउदछ । १ बोरा (५० किलो) परम्परागत युरिया ५०० मि. लि. नानो युरिया बराबर हुन्छ । नानो युरिया वातावरण मैत्री, परम्परागत युरिया भन्दा सस्तोे, स्वास्थ वातावरण, माटोको गुणस्तर र बढि उत्पादनका लागी उपयुक्त हुनुका साथै यसको प्रयोगले माटो, हावा र पानीमा नकरात्मक प्रभाव पर्दैन ।
१ लिटर सफा पानीमा २ देखी ४ मिलिलिटर नानो युरिया झोल मल मिसाएर बालीको पातमा छर्कन सकिन्छ । राम्रो परिणामको लागी बालीनाली लगाएको ३० देखी ३५ दिन पछि र पूmलफुल्ने एक हप्ता अघि दुई पटक छर्किनु पर्दछ ।प्रयोग गर्नु अघि बोतल राम्रो सँग हल्लाउनु पर्छ तथा यसलाइ बालबालिका र जनावरहरुको पहुचबाट टाढा राख्नुपर्छ साथै छर्कदा मास्क र पन्जा लगाउनुपर्छ ।यसलाई सामान्य तापक्रममा भन्डारण गर्न सकिन्छ । सामान्यतया ५०० मि. लि. नानो युरिया एक एकड क्षेत्रमा स्पे्रयर, ड्रोन, पावर स्प्रेयर आदिमार्फत स्पे्र गर्न पर्याप्त हुन्छ ।
चौधरी ग्रुप तथा इफ्को इन्डिया बीच रणनीतिक साझेदारी
चौधरी ग्रुप तथा इफ्को इन्डिया (IFFCO India) बीच रणनीतिक साझेदारी पत्रमा हस्ताक्षर भएको छ । यस साझेदारी नेपालमा नवीनतम कृषि प्रविधि र विकास ल्याउन ९इफकोको समन्वयमा० केन्द्रित रहनेछ । साझेदारी पत्रमा चौधरी ग्रुप तथा इफ्को इन्डियाका प्रतिनिधिले हस्ताक्षर गरेका थिए।
FACEBOOK COMMENTS