काठमाडौ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग बङ्गलादेशका राजदूत सालाउद्दिन नोमन चौधरीले शिष्टाचार भेट गरेका छन् ।
गृह मन्त्रालयमा भएको भेटमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र बङ्गलादेशबीचको सौहार्दपूर्ण सम्बन्धलाई विद्युत् प्रसारण लाइनसम्बन्धी सम्झौताले अझ मजबुद बनाएको बताए ।
राजदूत चौधरीले दुई देशको सम्बन्धमा विद्युत् प्रसारण लाइन कोशेढुङ्गा सावित हुने विश्स व्यक्त गरे । बङ्गलादेशी राजदूतावासले २३ जुनमा कला प्रदर्शनीको आयोजना गर्न लागेको छ ।
विश्व मातृभाषा दिवसका सन्दर्भमा जुन २३ मा ‘लभ एण्ड ल्याङ्ग्वेज’ शीर्षकमा हुने कला प्रदर्शनीमा नेपालका ३५ कलाकारको कला प्रदर्शन हुने बताइएको छ ।
FACEBOOK COMMENTS