काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठ आगामी निर्वाचनमा सर्लाही–३ बाट उम्मेदवार बन्ने भएका छन्।
राष्ट्रियसभामा कार्यकाल सकिएर बिदा हुन लागेका श्रेष्ठ प्रतिनिधि सभाको निर्वाचन लड्न लागेको उनको सचिवालयले जनाएको छ।
नेकपाले सर्लाहीले श्रेष्ठलाई पहिलो नम्बरमा राखेर उम्मेदवार सिफारिस गरेको थियो। सर्लाही ३ मा गएको निर्वाचनमा एमालेका हरिप्रसाद उप्रेतीले जितेका थिए।