काठमाडौं । प्राइम कमर्सियल बैंकका संस्थापक कार्यकारी प्रमुख नारायणदास मानन्धरको निधन भएको छ ।
८२ वर्षको उमेरमा श्रेष्ठको आईतबार बिहान निधन भएको हो । मानन्धरले प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृतबाट बैंकिङ क्षेत्रबाट अवकास लिएका थिए ।
सन् १९६९ मा भूमि सुधार तथा वचत निगमको शाखा प्रमुखको रुपमा सेवा प्रवेश गरेका मानन्धरले राष्ट्रिय धानचामल कारखानाको प्रमुख कार्यकारी, कृषि विकास बैंकको प्रथम श्रेणीको विभागीय प्रमुखका साथै नायब महाप्रबन्धक भएका थिए ।
यस्तै धानचामल निर्यात कम्पनीको महाप्रबन्धक, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनमा परामर्शदाता, राष्ट्रिय बाणिज्य बैंकको कार्यकारी सञ्चालक, लुम्बिनी बैंकको प्रमुख कार्यकारी अधिकृत, विश्व बैंकको जलविद्युत विकास कोष र नेपाल बङ्गलादेश बैंकहुँदै प्राइम बैंकको सीईओ समेत भएका थिए ।
‘नेपालको आर्थिक तथा बैंकिङ्ग इतिहासमा वहाँ जत्तीको दीर्घ सेवाकासाथ यति महत्वपूर्ण भूमिकाका निर्वाह गर्नु हुने व्यक्तित्व विरलै हुनुहुन्छ । वहाँको देहावसानबाट नेपालको आर्थिक जगतले एक नक्षत्र गुमाई अपूरणीय क्षति व्यहोर्नु परेको छ’ बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
