काठमाडौं । पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ । पहिरो पन्छाएपछि सडकखण्ड एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
सडक दुईतर्फी खुलाउने प्रयास भइरहेको छ । सडक डिभिजन भरतपुरले सडक दुईतर्फी खुलाउनको लागि डोजर, रोलर प्रयोग गरेर बाटो खुलाउने प्रयास गरिरहेको छ ।
शुक्रबार बेलुका ६ बजेदेखि नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत पर्ने तुइन खोलामा गएको पहिरोले सडक अवरुद्ध बनेको थियो । अहिले सडक एकतर्फी खुलेसँगै सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन् ।
FACEBOOK COMMENTS