काठमाडौं । सरकारले नारायणहिटी दरवार संग्रहालय क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।
आज काठमाडौं जिल्ला प्रशासन कार्यालयले उक्त क्षेत्रम निषेधाज्ञा गरेको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार जेठ १७ गतेदेखि असार २४ गतेसम्म केशरमहल चोकदेखि नारायणहिटी दरवार संग्रहालय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म र महेन्द्र सालिक हुँदै नारायणहिटी दरवार संग्रहालय दक्षिण गेटसम्म निषेधाज्ञा जारी गरेको हो ।
यी क्षेत्रमा विरोधका कार्यक्रम गर्न पाइने छैन । यो स्थानमा पाँच जनाभन्दा बढि व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ ।
FACEBOOK COMMENTS