काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी साउदी अरबको भ्रमणमा निस्किएका छन् ।
मोदी साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमानको निमन्त्रणामा द्विदिवसीय औपचारिक भ्रमणका लागि मङ्गलबार बिहान रियादतर्फ प्रस्थान गरेका हुन् ।
साउदी अरबको भ्रमणमा निस्किएको बारे सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै मोदीले आफू त्यहाँ आयोजना हुने विभिन्न बैठक र कार्यक्रमहरूमा सहभागी हुने जानकारी दिएका छन् ।
भारत र साउदी अरबबीच लामो समयदेखि मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै उनले पछिल्ला दश वर्षमा यो सम्बन्ध अझ मजबुत भएको बताएका छन् ।
रणनीतिक साझेदारी परिषद्को दोस्रो बैठकमा पनि सहभागी हुने र त्यसका लासग आफू उत्साहित रहेको मोदीको भनाइ छ । भ्रमणका दौरान उनले साउदी अरबमा बसोबार गर्ने भारतीय समुदायसँग पनि भेटघाट गर्नेछन् ।
सन् २०१४ मा प्रधानमन्त्री बनेपछि मोदीको यो तेस्रो साउदी अरब भ्रमण हो । यसअछि उनी २०१६ र २०१९ मा पनि साउदी अरब गएका थिए ।
FACEBOOK COMMENTS