काठमाडौं । भारतको जम्मू–कश्मीरस्थित पहलगाममा हिजो मङ्गलबार २७ जनाको ज्यान जाने गरी भएको आतङ्कवादी हमलापछि प्रधानमन्त्री नरेन्द्र मोदी साउदी अरबको भ्रमण छोट्याएर स्वदेश फर्किएका छन् ।
हिजो साउदी अरबको दुईदिने औपचारिक भ्रमणमा निस्किएका मोदी आज बुधबार आकस्मिक रूपमा दिल्ली फर्किएका हुन् ।
मोदीले यो आतङ्कवादी हमलाका जिम्मेवारहरूलाई कहिल्यै माफ नगरिने बताएका छन् ।
दिल्ली पुगेपछि मोदीले आपतकालीन ब्रिफिङ बैठक गरी घटनाको जानकारी लिए । समाचार एजेन्सी एएनआईका अनुसार उनले राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग घटनाबारे छलफल गरे ।
केन्द्रीय गृहमन्त्री अमित शाह यसअघि नै कश्मीर पुगिसकेका छन् ।
FACEBOOK COMMENTS