काठमाडौं। राजस्व अनुसन्धान विभाग महानिर्देशकमा नारायणप्रसाद सापकोटा नियुक्त भएका छन्।
हालका महानिर्देशक मदन दाहालको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरूवा भएपछि विभाग महानिर्देशकमा सापकोटालाई नियुक्त गरिएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार महानिर्देशकको रुपमा जिम्मेवारी दिएको हो। उनले भोलि (सोमबार_ बाट विभागको कार्यभार सम्हाल्ने कार्यक्रम तय भएको छ। यसअघि उनले सहसचिवको जिम्मेवारी सम्हालेका थिए।
यस्तै उनले यसअघि कर कार्यालय पोखरा कास्की, कृष्णनगर कर कार्यालय कञ्चनपुर, त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा प्रमुख भन्सार अधिकृत साथै साढे २ वर्ष अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगमा समेत काम गरिसकेका छन्।
उनले पूर्व अर्थमन्त्री जनार्दन शर्माका पालामा ६ महिना भन्सार विभाग महानिर्देशकका रुपमा रहेर काम गरेका थिए। राजस्व अनुसन्धान विभागका लागि झलकराम अधिकारी, पूर्व भन्सार महानिर्देशक कमलप्रसाद भट्टराईलगायतले प्रयास गरे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सापकोटालाई रोजेका हुन्।
FACEBOOK COMMENTS