काठमाडौं । अमेरिकी अन्तरिक्ष संस्था नासाले वायु प्रदूषण निगरानी गर्ने उपकरण पृथ्वीको फिक्स्ड रोटेसन कक्षमा प्रक्षेपण गरेको छ ।
नाम दिइएको यो उपकरणले वायुमण्डलमा नाइट्रोजन डाइअक्साइड, फर्मलडिहाइड र ग्राउण्ड(लेभल ओजोनजस्ता हानिकारक वायुजन्य प्रदूषकहरूको निगरानी राख्ने नासाले जनाएको छ ।
यी रसायनले स्मोक ब्लक अर्थात् धुवाँको गोला बनाउने काम गर्छ । केप क्यानाभेरल स्पेस फोर्स स्टेसनबाट प्रक्षेपण गरिएको ुस्पेसएक्स फाल्कन ९ रकेटु मार्फत टेम्पोलाई अन्तरिक्षमा पठाइएको हो ।
नासाले प्रक्षेपण सफलतापूर्वक सम्पन्न भएको आफ्नो ट्वीटरमार्फत जानकारी दिएको छ । टेम्पो भू(मध्य रेखाको ठीकमाथि एक निश्चित जियोस्टेसनरी कक्षमा रहनेछ र यसले उत्तर अमेरिकाको वायुको गुणस्तर प्रत्येक एक घण्टामा नाप्नेछ ।
यसका साथै टेम्पोले प्रदूषणको परिवर्तित स्तरको डेटा, ओजन लेयरमा चट्याङको प्रभावको डेटा, आगलागीले पैदा गरेको प्रदूषणको स्तर लगायतका डेटा पनि उपलब्ध गराउने नासाले जनाएको छ ।
FACEBOOK COMMENTS