काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्षमा एमाले सांसद लिला भण्डारीलाई अगाडि बढाउने निर्णय भएको छ ।
दलहरूबीचको सहमतिमा उपाध्यक्ष एमालेलाई दिने सहमति भएको हो । अध्यक्ष नेकपाका नारायण दाहाल छन् ।
तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालको कार्यकाल सकिएपछि सो पद रिक्त थियो ।
अन्य चार समिति सभापति बाँडफाँटमा जुट्यो सहमति
राष्ट्रिय सभाको उपाध्यक्ष पद नेकपा एमालेलाई दिने सहमति भएको छ। उपाध्यक्ष र चार समितिका सभापतिहरूको बाँडफाँटबारे नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र जसपा नेपालबीच आइतबार सहमति भएको हो।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाका अनुसार उक्त सहमतिअनुसार एमालेले राष्ट्रिय सभाको उपाध्यक्ष पाउनेछ। त्यस्तै, कांग्रेसले दुई संसदीय समितिका सभापति लिनेछ भने नेकपा र जसपा नेपालले एक/एक समितिको सभापति पाउनेछन्।

राष्ट्रिय सभामा विकास, आर्थिक मामिला तथा सुशासन, विधायन व्यवस्थापन, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार गरी चार समिति रहेका छन्। त्यस्तै, दुईवटा संयुक्त समिति पनि रहनेछन्, जसमा प्रतिनिधि सभाका सदस्यहरू पनि रहन्छन्।
