काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले बागमती प्रदेशका लागि पुरूषतर्फ सिन्धुपाल्चोकका प्रेम प्रसाद सापकोटालाई उम्मेदवार बनाएको छ ।
संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले सापकोटालाई बुधबार बिहान उम्मेदवार सिफारिस गरिएको पत्र दिएका हुन् ।
राष्ट्रिय सभामा फागुन २० देखि रिक्त हुने १८ सिटमा माघ ११ गते हुने निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ ।
नेपाली कम्युनिष्ट पार्टीले नेपाली कांग्रेस र एमालेसँग चुनावी तालमेल गर्ने भनिए पनि अहिलेसम्म टुंगिन नसकेको बताइएको छ ।
FACEBOOK COMMENTS