काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले कांग्रेस र एमालेले ४ सीट नदिए राष्ट्रिय सभा निर्वाचनमा एक्लै आफ्ना उम्मेदवार खडा गर्ने भएको छ ।
एमाले र कांग्रेसले नेकपालाई ३ सीट दिएर समेट्ने प्रस्ताव गरेका थिए । तर आफ्नो मतभार बमोजिम नेकपाले कम्तिमा चार सीट दावी गरेको नेता राजेन्द्र पाण्डेले बताए ।
कांग्रेस एमालेसँग तालमेल गर्दा सन्देश पनि राम्रो नगएको भन्दै एक्लै चुनावमा जान नेकपामा दबाब छ ।
नेकपाका अर्का नेता प्रकाश ज्वालाले मतभार बमोजिमको सीट नपाए कांग्रेस एमालेसँग लतारिएर नजाने समझदारी मंगलवारके परामर्श बैठकमा भएको उनले बताए ।
FACEBOOK COMMENTS