काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीको परामर्श बैठक शुरु भएको छ ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले बोलाएको परामर्श बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भर्खरै सुरु भएको हो ।
बैठकमा राष्ट्रियसभा निर्वाचन र समसामयिक राजनीतिक अवस्थाबारे छलफल हुने बताइएको छ । बैठकमा नेपाली कम्युनिष्ट पार्टीसँगको एकतामा सहभागी सम्पूर्ण घटकका नेताहरूको सहभागिता रहेको छ ।
FACEBOOK COMMENTS