काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नयाँ संसद् भवन निर्माणको गति बढाउन निर्देशन दिएका छन् ।
भवन निर्माणको पछिल्लो अवस्थाबारे शुक्रबार जानकारी दिँदै उनले अबको संसद् अधिवेशन यहीँ सञ्चालन गर्ने गरी काम सकाउन निर्देशन दिएका हुन् ।
भवन निर्माणको स्तर र गति अपेक्षाअनुसार नभएको उनले उल्लेख गरे । यद्यपि, पछिल्लो समय केही प्रगति भएको उनको भनाइ थियो ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछिको सदन नयाँ भवनमै चलाउने लक्ष्यका साथ सरकार र निर्माण पक्षलाई दबाब दिइएको उनले बताए ।
FACEBOOK COMMENTS