काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय सभाको निर्वाचनमा राजनीतिक दलहरुसँग तालमेल गर्ने निर्णय गरेको छ ।
काँग्रेसको आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले माघ ११ गते आइतबारका दिन हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा अन्य राजनीतिक दलहरुसँग तालमेल गरी निर्वाचनमा जाने निर्णय गरेको हो ।
काँग्रेसले राष्ट्रिय सभा निर्वाचनमा एमाले, नेकपा र जसपा नेपालसँग तालमेल गर्ने भएको छ । कांग्रेसको कार्यसम्पादन समितिको बैठक पुस २३ गते बुधबार बिहान ९ बजे पुन: बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
FACEBOOK COMMENTS