काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले दुईमहिने राष्ट्रिय जागरण अभियानको औपचारिक सुरुआत गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत अभियानको औपचारिक उद्घाटन गरिएको हो । पत्रकार सम्मेलनमा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव कुमार नेपालले संयुक्त रूपमा अभियानको शुभारम्भ गरेका हुन् ।
नेकपाको गत असोज २३ गते बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले देशव्यापी रूपमा दुईमहिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।
अभियानका क्रममा तल्लो तहसम्म पुगेर नागरिकका प्रमुख समस्या तथा मागहरू संकलन गर्ने, संगठन सुदृढीकरण तथा सदस्यता नवीकरण गर्ने र जनताका सरोकारका विषयमा दबाबमूलक कार्यक्रमहरू सञ्चालन गरिने पार्टीले जनाएको छ ।
आजदेखि डेढ महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्दै नेकपा, पेरिसडाँडामा उद्घाटन

