काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग छलफल गर्दैछन् ।
अर्थमन्त्री वाग्लेले बुधबार बिहान ९:१५ बजे केन्द्रीय बैंकका १८ जना कार्यकारी निर्देशकहरूसँग छलफल गर्न लागेका हुन् ।
देशको वित्तीय अवस्थाको गहिराइ बुझेका र मौद्रिक उपकरणको कार्यान्वयन गरिरहेका अधिकारीहरूसँगको छलफल अर्थतन्त्रको समस्या पहिल्याउन र समाधानको उपाय खोज्नमा केन्द्रित हुने बताइएको छ । छलफलमा गभर्नर र डेपुटी गभर्नरलाई भने बोलाइएको छैन ।
मन्त्री वाग्लेले मंगलबारमात्रै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूसँग छलफल गरेका थिए ।