काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको नाफामा झण्डै आधाले गिरावट आएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमास (साउन–चैत) मा बैंकले एक अर्ब २० करोड ४३ लाख रुपैयाँ नाफा कमाएको छ, जुन समीक्षा अवधिको तुलनमा ४९.३७ प्रतिशतले कम हो ।
समीक्षा अवधिमा बैंकको नाफा एक अर्ब १७ करोड रुपैयाँले घटेको हो । बैंकले गत वर्षको चैत मसान्तसम्म दुई अर्ब ३७ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको विरणयोग्य नाफा दुई अर्ब ४६ करोड २१ लाखबाट घटेर १ अर्ब २ करोड २ लाख रुपैयाँ ऋणात्मक छ । खुद ब्याज आम्दानी सात अर्ब १० करोड रुपैयाँमा सिमित भएको छ ।
यस्तै, गत वर्ष ३ अर्ब ३७ करोड रुपैयाँ रहेको बैंकको सञ्चालन नाफा १ अर्ब ६९ करोड रुपैयाँमा झरेको छ ।
१५ अर्ब ६३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यो बैंकको जगेडा कोषमा ३५ अर्ब ८२ करोड रुपैयाँबाट बढेर यो वर्षको चैतसम्ममा ३७ अर्ब ४० करोड रुपैयाँ पुगेको छ भने बैंकसँग ४ प्रतिशत खराब कर्जा छ ।
बैंकले निक्षेप सङ्कलन ४ खर्ब २९ अर्ब रुपैयाँबाट बढाएर ४ अर्ब ६१ अर्ब रुपैयाँ पुर्याएको छ । यस्तो निक्षेपबाट बैंकले २ खर्ब ८० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
FACEBOOK COMMENTS