काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जुम्ला जिल्लाका कार्यसमिति अध्यक्ष बेदबहादुर शाहीसहित चार जनालाई एकबर्षसम्म निलम्बन गरेको छ ।
बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले अनुशासन समितिको सिफारिसमा निलम्बनको निर्णय लिएको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिएका छन् ।
अध्यक्ष शाहीसहित जुम्लाका उपाध्यक्षद्वय विमल शाही र कालीबहादुर महत तथा कर्णाली सदस्य मन्सुर सुनारलाई एक वर्षका लागि निलम्बन गरिएको छ ।
राप्रपाले पार्टीका स्थानीय तह, प्रदेश र जिल्ला कार्यसमितिको अधिवेशन मङ्सिर मसान्तसम्म गर्ने गरि म्याद थप गरेको छ भने केन्द्रीय समितिको बैठक कार्तिक २७ र २८ गते काठमाडौँमा गर्ने निर्णय गरेको छ ।
राप्रपाको केन्द्रीय समितिको बैठकले केन्द्रीय महाधिवेशनको मिति तय गर्ने निर्णय गरिएको छ ।
FACEBOOK COMMENTS