काठमाडौं । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालयमा धुम्बाराहीमा जारी रहेको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिएका छन् ।
बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको साङ्गठनिक र विविध विषयमा छलफल केन्द्रित हुने प्रवक्ता श्रेष्ठले बताए । आजको बैठक संस्थापन इतर पक्षले भने बहिष्कार गरेको छ ।
महामन्त्रीद्वय डा. धवलशम्शेर राणा र कुन्ती शाहीले पार्टी अध्यक्ष राजेन्द्र लिङदेनलाई ४ बुँदे मागसहित पत्र पठाएर बैठक बहिष्कार गर्ने जानकारी गराएका थिए ।
राणा पक्षले तत्काल महाधिवेशन मिति घोषणा गर्न माग गर्दै मङ्सिर १८ गतेसम्मको अल्टिमेटम समेत दिएको छ ।
FACEBOOK COMMENTS