काठमाडौं । सामाजिक अभियन्ता एवं वैज्ञानिक महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले हाई टेक क्लासरूम निर्माण गरिरहेको छ ।
हाई टेक क्लासरूमको काम अन्तिम चरणमा पुगेको राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले बताएका छन् । यो उच्च प्रविधि युक्त कक्षा कोठा हो ।
‘ईच्छा हुने र आइडिया हुनेहरु सबैलाई केन्द्रमा आएर छलफल र अनुसन्धान गर्न स्वागत छ ।’ भन्दै महावीर पुनले फेसबुकमा पोष्ट गरेका छन् । जसले गर्दा आडिया भएका र अनुसन्धान गर्न रुचाउनेहरुले आविष्कार केन्द्रमा गएर त्यहाँ भएका विकास,परिक्षण र विस्तारलाई थप प्रभावकारी बनाउन सक्नेछन् ।
अहिले तयार भएको क्लासरुम एउटा नमुनाको रुपमा लिन सकिने भएकाले विद्यालयरहरु र स्थानीय सरकारले हरेक विद्यालयमा यस्तै किसिमको क्लासरुम निर्माण गर्नुुपर्ने पुनको धारणा छ । यसका लागि आविष्कार केन्द्रले टेक्निकल सहयोग गर्न सधैँ तयार रहेको जानकारी गराएका छन् ।
हाई टेक क्लासरूममा शिक्षण र सिकाईको व्यवस्थापन गर्ने सिस्टमको विकास हुन्छ ।
FACEBOOK COMMENTS