काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरूका लागि दुई रात तीन दिनको ‘बलथली भ्रमण कार्यक्रम’ सम्पन्न गरेको छ ।
कम्पनीमा कार्यरत अभिकर्ताहरूका लागि अभिकर्ता मासिक योजना अन्तर्गत लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरूलाई नेपालको पर्यटकीय क्षेत्र काभ्रेको बलथली भ्रमण गराउने र नेपालका चर्चित कमेडियन सुमन कार्कीसँग साक्षात्कार गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
देशैभरिबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनोट हुन सफल भएका करिब २०० जना वरिष्ठ अभिकर्ताहरूलाई बलथली भ्रमण गराइएको थियो । भ्रमणका क्रममा बलथलीको मनोरम दृष्यका साथै तहाँ अवस्थित प्रसिद्ध लड्केश्वर मन्दिर र १०८ फिटे त्रिशूलको अवलोकन गराइएको थियो ।
साथै, बलथली भ्रमण पश्चात धुलिखेलमा कलाकार सुमन कार्कीको एकल मनोरञ्जानात्क प्रस्तुती रहेको थियो । उनको प्रस्तुतीबाट मनोरञ्जनका साथै आफूहरूको वृत्ति विकासमा समेत योगदान पुर्याउने विश्वास सहभागि अभिकर्ताहरूले व्यक्त गरेका थिए साथै उनीहरूले नेपालका राष्ट्रिय चर्चित कलाकारसँग साक्षात्कार गर्ने अवसर जुराइदिएकोमा कम्पनीप्रति आभार समेत व्यक्त गरेका थिए ।
FACEBOOK COMMENTS