काठमाडौं । राष्ट्रिय काष्ठमण्डप कराते प्रतियोगिता २०८२, बुधबारबाट काठमाडौंमा सुरू भएको छ ।
नेपाल सितोरियो कराते संघ शाखा डोजो लैनचौरले त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको कभर्डहलमा आयोजना गरेको प्रतियोगिताको प्रमुख अतिथि एवं राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहताले उद्घाटन गरेका छन् ।
प्रतियोगितामा कोशी, मधेश, वागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम गरी सातै प्रदेश तथा विभागीय टोलीहरु नेपाल आर्मी, एपीएफ र महेन्द्र पुलिस क्लबका खेलाडीहरुको सहभागिता रहेको छ ।
प्रतियोगितामा पुरुष र महिलाका विभिन्न तौल समुहमा प्रतिस्पर्धा भइरहेको कार्यक्रम संयोजक रामकुमार थारुले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने समुहलाई नगद एक लाख र दोस्रो हुने समु्हलाई ५० हजार पुरस्कार समेत प्रदान गरिने छ ।
प्रतियोगिता उद्घाटन समारोहमा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ठ प्रदर्शन गरेका डोजोका खेलाडि उत्कृष्ठ खेलाडिहरु रेहान जावेद र निरुमा दोङलाई नगद २० हजार सहित सम्मान गरिएको थियो । प्रतियोगिता शुक्रबारसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।

FACEBOOK COMMENTS