काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सको ३६ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ।
कम्पनीको अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा बसेको साधारणसभाले आव २०७९/०८० को लागि अद्यावधिक चुक्ता पूँजीको १० प्रतिशतका दरले आउने नगद लाभांश ५० करोड ११ लाख ६६ हजार ६४२ दशमलव ५० र ४ प्रतिशतका दरले बोनस सेयर लाभांश २० करोड ४ लाख ६६ हजार ६५७ र साथै उक्त नगद एवं बोनस लाभांशमा कर प्रयोजनको लागि ३ करोड ६९ लाख २८ हजार ६८ दशमलव ९ नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
नियामक निकायले जीवन बीमा कम्पनीको चुक्ता पूँजी ५ अर्ब पुर्याउनु पर्ने वाध्यात्मक ब्यवस्था गरेकोमा हालको कायम रहेको चुक्ता पूँजी ५ अर्ब १ करोड १६ लाख ६६ हजार ४२५ मा ४ प्रतिशतको बोनस सेयर थप भई कूल चुक्ता पूँजी ५ अर्ब २१ करोड २१ लाख ३३ हजार ८२ पुगेको छ ।
सभामा अध्यक्ष सिंहले सभामा आर्थिक वर्ष २०७९/०८० मा बढ्दो ब्याजदरको कारणले लगानीमा प्रतिकूल प्रभाव पारी पूँजीगत खर्च एवं समग्र मांगमा आएको कमिले स्वदेशी अर्थ ब्यवस्थामा प्रतिकूल प्रभाव परेको कारण जीवन बीमा ब्यवसाय आशातित रुपमा विस्तार हुन नसकेको भएतापनि आव २०८०/०८१ मा जीवन बीमा ब्यवसायले सुधारको वाटो तय गरेको उल्लेख बताईन।
कम्पनीको आव२०७९/०८० मा कूल बीमाशुल्क १६ दशमलव६ प्रतिशतले बृद्धि भई १,६८० दशमलव ९० करोड पुगेको छ । समिक्षा वर्षको संचालनवाट जम्मा ९३१ दशमलव ८३ करोड रुपैयाँ खूद थप रकम कूल बीमा करार दायित्वमा सारिएको छ र कूल बीमा करार दायित्व गत वर्षको तुलनामा १७ दशमलव ७६ प्रतिशतले बृद्धि भई वर्षान्तमा ६,५४० दशमलव ४० करोड रुपैयाँ पुगेको छ । कूल लगानी १५ दशमलव ७२ प्रतिशतले बृद्धि भई ४,९७८ दशमलव २० करोड रुपैयाँ पुगेको छ ।
कम्पनीको लगानीमा वार्षिक औसत प्रतिफल दर सन्तोषजनक छ र आव२०७९/०८० मा सो दर ९ दशमलव ४५ प्रतिशत कायम रहेको छ ।
FACEBOOK COMMENTS