काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेशनल लाइफ गाला कन्सर्ट सम्पन्न गरेको छ ।
२०८२ जेठ महिनामा जारी गरेको मासिक योजनाअनुरुप उत्कृष्ट कार्य गरी तोकिएको लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरुका लागि भैरहवाको होटेल सिद्धार्थ भिलासामा उक्त कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभागीय प्रमुखहरु र विभिन्न शाखाका शाखा प्रमुखहरु गरी करिब ३५० जनाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा आमन्त्रित अभिकर्ताहरुलाई स्ट्रेस म्यानेजमेन्टसम्बन्धी प्रशिक्षण समेत प्रदान गरिएको थियो । प्रशिक्षणका क्रममा चर्चित प्रशिक्षक रामहरि पौडेलज्यूले तनाव व्यवस्थापन गर्ने विभिन्न आयामहरु प्रस्तुत गरेका थिए ।
त्यसपछि मनोरञ्जनात्मक एवं सांगितिक प्रस्तुतीले भरिपूर्ण गाला कन्सर्टमा स्ट्याण्ड अप कमेडियन सुमन कोईरालाको कमेडी प्रस्तुतिसहित नेपालका चर्चित कलाकारहरु प्रकाश सपुत, समिक्षा अधिकारी बावुल गिरी र भोजपुरी गायक सोनु कुमार मण्डलको बेजोड सांगितिक प्रस्तुति रहेको थियो ।
यसैगरी, चर्चित डीजे डिजे अमुको प्रस्तुतिमा अभिकर्ताहरुले भरपुर मनोरञ्जन लिएका थिए ।
FACEBOOK COMMENTS