काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनस दर सार्वजनिक गरेको छ ।
कम्पनीले आर्थिक वर्ष ०७८/७९ को बीमाङ्कीय प्रतिवेदनका आधारमा कम्पनीको मुनाफामा सरिक हुने गरी तीन प्रकारका बीमालेखमा नयाँ बोनस दर निर्धारण गरेको हो ।
बीमालेख धारण गर्ने अवधिका आधारमा कम्पनीले प्रति हजार न्यूनतम ६३ रूपैयाँदेखि अधिकतम ८५ रूपैयाँसम्मको बोनस दर निर्धारण गरेको छ ।
कम्पनीले हाल सावधिक जीवन बीमालेख, सावधिक तथा आजीवन बीमालेख र अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख जारी गरेको छ ।
तीनमध्ये सावधिक जीवन बीमालेख र सावधिक तथा आजीवन बीमालेखमा कम्पनीले अधिकतम ८५ रूपैयाँसम्म बोनस दिने भएको हो ।
सावधिक जीवन बीमालेखमा ९, १० देखि १४ वर्ष र १५ देखि २० वर्ष अवधिसम्मको बीमालेखमा कम्पनीले प्रतिहजार ६४ रूपैयाँ बोनस दर कायम गरेको छ ।
त्यस्तै २१ वर्षदेखि २५ वर्षको बीमालेखमा ७० रूपैयाँ ,२६ वर्षदेखि २९ वर्षसम्म र ३० वर्ष वा सोभन्दा माथीको बीमालेखमा ८५ रूपैयाँ बोनस कम्पनीले दिने भएको छ ।
सावधिक जीवन बीमालेख अन्तर्गत १५ देखि २० वर्ष अवधिको लागि सबैभन्दा बढी १ लाख ८७ हजार ७८६ ओटा बीमालेख विक्री भएको छ ।
अधिकतम बोनस दर रहेको सावधिक जीवन बीमालेख भने २ हजार ४८३ ओटा विक्री भएको छ ।
कम्पनीले सावधिक तथा आजीवन बीमालेखमा अधिकतम ८५ रूपैयाँ बोनस दर निर्धारण गरेपनि हालसम्म एउटा पनि यो बीमालेख विक्री भएको छैन् ।
सावधिक तथा आजीवन बीमालेखमा ९ वर्ष, १० देखि १४ वर्ष र १५ देखि २० वर्ष अवधिका लागि ६४ रूपैयाँ बोनस दर निर्धारण गरिएको छ ।
FACEBOOK COMMENTS