काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले एक कार्यक्रमका बीच बीमा ऐन, २०७९ को दफा ४७ (६) को व्यवस्थाअनुसार सिंहलाई शपथ खुवाएका हुन् ।
नेशनल लाइफ इन्स्योरेन्सको असार ५ गते सम्पन्न ३७औँ वार्षिक साधारणसभाले कम्पनीको सञ्चालक समिति पुनर्गठन गर्दै अध्यक्षमा पुनः सिंहलाई सर्वसम्मत निर्वाचित गरेको थियो ।
बीमा प्राधिकरणका अध्यक्ष ओझाले कम्पनीकी अध्यक्ष सिंहलाई सफल कार्यकालका लागि शुभकामना दिए ।
यस्तै, कम्पनीकी अध्यक्ष सिंहले पुनः सञ्चालक समितिको नेतृत्पवको जिम्मेवारी प्राप्त गरेकोमा आभार एवम् धन्यवाद व्यक्त गरिन् ।
समारोहमा बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदी, नेशनल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्री पनि उपस्थित थिए ।
FACEBOOK COMMENTS