काठमाडौँ । “इण्टिलेक्चुअल ग्रोथ” भन्ने नाराका साथ नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तीन दिने ‘ब्रान्च मेनेजर कन्फ्रेन्स’ सम्पन्न गरेको छ ।
नगरकोटस्थित होटल मिस्टिक माउण्टेनमा सम्पन्न कन्फ्रेन्समा कम्पनीका शाखा प्रमुख एवं मार्केटिङ कर्मचारीहरुको दक्षता अभिवृद्धि गर्ने उदेश्यले सम्पन्न गरिएको कम्पनीका प्रमुख कार्यकारी प्रमुख ‘सिईओ’ सुरेशप्रसाद खत्रीको सभापतित्वमा सम्पन्न गरेको हो । जीवन बीमा व्यवसायसँग सम्बन्धित वर्तमान पाटोबारे विवेचना गरी चालु आर्थिक वर्षको बाँकी अवधिको व्यवसायिक खाका कोर्ने उदेश्यले सम्मेलन आयोजना गरिएको इन्स्योरेन्सको दाबी छ ।
कन्फ्रेन्समा विभागीय प्रमुख तथा देशैभरीबाट शाखा प्रमुख एवं मार्केटिङ कर्मचारीहरु गरी १५० जनाभन्दा बढीको सहभागिता थियो । कम्पनीका सिईओ खत्रीले बीमा व्यवसाय प्रतिस्पर्धात्मक र जटिल हुँदै गइरहेको स्थितिमा आफ्नो दक्षता, मेहनत र आपसी समन्वयबाट कम्पनीको व्यवसायिक लक्ष्य हासिल गरी बीमा बजारमा अग्र स्थानमा पुर्याउन सबैले आ–आफ्नो जिम्मेवारी वहन गर्दै अधिकतम प्रयास गर्नुपर्ने सुझाव दिएका थिए ।
यसैगरी, नेपाल बीमा प्राधिकरणका निर्देशक श्री सुशीलदेव सुवेदीले बीमा ऐन २०७९ ले व्यवस्था गरेका बिषयहरुमा प्रस्तुति दिँदै नयाँ बीमा ऐन २०७९ जारी भएपछि प्राधिकरणले बीमासँग सम्बन्धित हरेक विषयलाई कानुनी रुपमा नै नियमन गर्न सक्ने फराकिलो दायरा तय भएको बारेमा विस्तृत जानकारी दिए ।