काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरू भएको छ । सिंहदरबारस्थित सुरक्षा परिषद्को सचिवालयमा बैठक सुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बाराको सिमरामा उत्पन्न भएको परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।
सिमरामा बुधबार जेनजी युवाहरूले विमानस्थलमा तोडफोड गरेका थिए ।
एमाले नेताहरू जाने भएपछि विरोधमा उत्रिएका युवाहरूले सडकमा आगजनी समेत गरेपछि अवस्था तनावग्रस्त बनेको थियो ।
बुधबार साँझ ८ बजेसम्म कफ्र्यू लगाइएको थियो । आज पुन: अवस्था तनावग्रस्त बनेपछि त्यहाँ कफ्र्यू लगाइएको छ ।

उक्त घटनाबारे ध्यानाकर्षण गराउँदै शान्ति सुरक्षा मजबुत बनाउन राष्ट्रिय मानव अधिकार आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।

यो पनि-

प्रधानमन्त्रीले बोलाइन् सुरक्षा परिषद् बैठक
FACEBOOK COMMENTS